स्ट्याण्डर्ड चार्टर्डले शतप्रतिशत बोनस दिने

0
601

गत बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई एक बराबर एक अर्थात शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंक (SCB) ले उक्त लाभांस पारित गर्न पुष २६ गते ३१ औँ बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चार्टर्डले गत बर्षको कमाई र जगेडाकोषमा रहेको रकम उपयोगगरी उक्त परिमाणको लाभांस वितरण गर्ने घोषणा गरेको हो । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here