लामो समयदेखि ट्राफिक लाइट नचल्दा हातको इसाराले सवारी व्यवस्थापन हुँदै आएको राजधानीका मुख्य चोकहरुमा अब ‘स्मार्ट ट्राफिक लाइट’ जडान गरिने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त पहलमा ट्राफिक लाइट जडान गरिन लागेको हो।
स्मार्ट ट्राफिक लाइट जडान जिम्मा यार्सा टेक्नोलोजीले पाएको छ। पहिला ट्राफिक लाइट जडान गरिएका ११ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने र पछि अन्य स्थानमा पनि विस्तार हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले बताए।