हल्याण्डका राजाले सुनको बग्गी प्रयोग नगर्ने

0
125

एम्सटड्र्याम, सन् २०१५ देखि प्रयोगमा नल्याइएको यस बग्गीमा राखेर राजा रानीलाई संसद्को उद्घाटन समारोहमा लग्ने गरिन्थ्यो । यस बग्गीको इतिहासबारे हल्याडमा हाल बहस चलिरहेको छ ।
हल्याण्ड राजा विल्लेम अलेक्जेन्डरले अबदेखि राज परिवारको ऐतिहासिक सुनको बग्गी प्रयोग नगर्ने घोषणा गरेका छन् । बग्गी दासतासँग जोडिएको भनेर राष्ट्रिय बहस चल्न थालेपछि उनले आफूले बग्गी प्रयोग नगर्ने घोषणा गरेका हुन् ।

आलोचकहरूले घोडाबाट तानिने ‘डी गोडेन कोएत्स’ नामक यस बग्गीको एक भागमा सिंगारिएको एक छविले मुलुकको औपनिवेशिक विगतलाई गौरान्वित गर्ने गरेको दाबी गर्छन् ।बग्गीमा रहेको औपनेशिकहरूको सम्मान बताइने उक्त विवादास्पद तस्बिरमा काला र एसियाली मूलका मानिसहरू देखिन्छन् । उनीहरूमध्ये एकजनाले घुँडाले टेक्दै बसिरहेकी एक गोरा युवतीलाई कोका र उखु दिइरहेको देखिन्छ । ती युवतीलाई हल्याण्डको प्रतीकको रूपमा लिइने गरिएको छ ।

Facebook Comments

comments