हवाइ फायर गरी विप्लवका नेता पक्राउ, दुई जना भाग्न सफल

0
217

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ परेका छन्। संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड हवाइ फायर पनि गरेको छ।

रुकुम पश्चिमको चौरजहारी-५ मा बिहीबार बेलुका दुई राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। शर्मा भाग्न खोजेपछि हवाइ फायर गर्नु परेको उनको भनाइ छ।

पक्राउ गर्ने क्रममा शर्माले ढुंगा प्रहार गरेका र ढुंगाले लागेर एक जना प्रहरी जवान घाइते भएको पनि खड्काले जानकारी दिए।

प्रहरीले लखेटेर शर्मालाई पक्राउ गर्न सफल भए पनि उनीसँगै रहेका अरू दुई जना भने भाग्न सफल भएका प्रहरीले जनाएको छ।

चन्दा आतंक मच्चाएको तथा विकास निर्माण काममा अवरोध सृजना गरेको जनगुनासोका आधारमा शर्मालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here