‘हिरो रिटर्न्स’मा रेखा थापा र सबिन श्रेष्ठको लुक्स

0
665

काठमाडौं: फिल्म ‘हिरो रिटर्न्स’का दुई मुख्य कलाकार रेखा थापा र सबिन श्रेष्ठको फिल्म लुक्स रिलिज भएको छ। साथै फिल्म युनिटले आइतबार रिलिज मिति पनि तय गरेको छ। फिल्म बैशाख २८ मा प्रदर्शनमा आउने भएको हो। फिल्म पोस्ट प्रोडक्ससन फेजमा छ। फिल्ममा सविन श्रेष्ठ र रेखा थापासँगै दिल श्रेष्ठ , सरोज खनाल, सुलेमान शंकर इकु, रोशन श्रेष्ठ, डिबी बम्जम, सुशान्त श्रेष्ठ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ।

रेखा थापाले फिल्म ‘हिरो’ बाट इन्डस्ट्रीमा डेब्यू गरेकी हुन्। हिरोको सिक्वेल नभएपनि ब्रान्ड भ्याल्युका कारण नाम सापटी लिइएको निर्माण युनिटले जनाएको छ।

कमेडी एक्सन जनरा भनिएको फिल्ममा शिवम अधिकारीको कथा छ भने मदनकाश्यप घिमिरेले क्यामेरा चलाएका छन्। दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ। नेपाल रिलिज पुर्व फिल्मको कतार, अष्ट्रेलिया सँगसँगै लण्डन प्रिमियर हुने भएको छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here