नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतलाई ६५ रनले हराएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १४ ओभरको खेलमा सबै ४ विकेट गुमाएर १५१ रन बनाएको थियो।
नेपालका लागि नविन राईले सर्वाधिक ५० रन बनाए । यस्तै विपिन पौडेल २५ रनमा नटआउट भए भने राजु गुरूङले २३ र दिगम चेम्जोङले १६ रन बनाएका थिए।नेपालले अतिरिक्त बाट ३७ रन पाएको थियो। भारतका ललित पाठक र अमित कुमार सिंहले २-२ विकेट लिए।