११ महिनामा १ अर्ब २३ करोडको मास्क आयात

0
40

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणउन्मुख भएपछि चालु आर्थिक वर्षमा नेपालमा हुने मास्कको आयातमा कमि आएको छ । तर, मास्क आयातको परिमाण भने सानो छैन । नेपालले चाल आर्थिक वर्षको ११ महिना (साउन–जेठ)को अवधिमा मात्रै १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा १४ करोड ९७ लाख ६० हजार गोटा मास्क नेपाल भित्रिएको छ । यसबाट सरकारले ८ करोड ५२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

मास्क आयात गतवर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्षको ११ महिनामा २ अर्ब ४ करोड ७२ लाख मूल्यको २४ करोड २९ लाख गोटा मास्क आयात भएको थियो । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट ११ लाख ८९ हजार गोटा मासक निर्यात पनि भएको छ । करिब १० लाख ८१ हजार मूल्यको मास्क निर्यात भएको हो । मास्कमा मात्रै नेपालको व्यापार घाटा १ अर्ब २२ करोड ७० लाखभन्दा बढी छ ।

Facebook Comments

comments