१४औं संस्करणको हात्ती महोत्सव सुरु

0
529
चितवन । साउन मसान्तमा आएको वाढीले लछारेको चितवनको पर्यटकिय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी ।
मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । सौराहामा हात्ती महोत्सव हरेक वर्ष हुने गरेको छ । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १४ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्क्षित र वृद्धि गर्ने रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताएका छन् ।
महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिए । गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरूलाई नवनिर्मित सौराहा देखाउने एक अवसर हात्ती महोत्सव हुने घिमिरे बताउँछन् ।
केके हुन्छ हात्ती महोत्सवमा ?
मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् । यस बर्ष महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिता महोत्सवको आर्कषण हुन् । त्यसैगरी हात्तीपोलो, हात्ती पेन्टिङ, वार्थिङ कार्यक्रमका साथै गाडा र टाँगा दौड प्रतियोगितालाई पनि समावेश गराइन्छ ।
हात्ती वनभोजमा १ सय हात्ती सहभागी गराइने छन् । सौराहामा ५७ वटा निजी हात्ती छन्, जसमध्ये ७० प्रतिशत महोत्सवमा सहभागी हुनेछन् । साथै अन्य निकुञ्जका हात्तीहरु पनि सहभागी हुन्छन् । यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम थपिएको छ ।
महोत्सवमा विभिन्न जातजातिका साँस्कृतीक पहिचान झल्कने स्टलसहित ४० वटा स्टल राखिएको छ । आदीवासी थारु जातिको संस्कृति झल्कने ड्रेस लगाएर फोटो खिच्न मिल्ने व्यवस्था पनि गरिएको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष घिमिरले जानकारी दिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here