१६ मिनेटमा ३ गोल खाँदा चेल्सीको लजास्पद हार

0
566

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत बुधबारको खेलमा चेल्सीले नमिठो हार व्यहोर्न बाध्य भएको छ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी मानिएको बोर्नमाउथसँग ३-० को हार व्यहोर्न पुग्दा तीन अंक जोड्दै लिभरपुललाई पछि पारी अंक तालिकाको तेस्रो स्थानमा उक्लने अवसर समेत चेल्सीले गुमाएको छ ।

चेल्सीको होम ग्राउण्डमा भएको खेल पहिलो हाफमा भने गोलरहित बराबरीमा सकिएको थियो । ५१ औं मिनेटमा कालम विल्सनले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाएका थिए । ६४ औं मिनेटमा जुनियर स्टानिसलास र नाथन एकेले ६७ औं मिनेटमा गोल गरेका थिए । यसरी १६ मिनेटमा तीन गोल खान पुग्दा चेल्सी लजास्पद हार व्यहोर्न पुग्यो ।

२५ खेलबाट ५० अंक रहेको चेल्सी अंक तालिकाको चौथो स्थानमा रहेको छ । समान खेलबाट समान अंक रहेको लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबारको खेलमा जित वा बाराबरी नजितमा मात्रै निकालेको भए चेल्सी तेस्रो स्थानमा उक्लने थियो ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here