२३ जना उपसचिवको सरुवा, ७ जिल्लामा प्रजिअ फेरिए

0
410

२५ चैत, काठमाडौं । गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ । सोमबार दिउँसो उनीहरुको सरुवा भएको हो । दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।

संखुवासभामा जीवनप्रसाद दुलाल पठाइएका छन् भने सिन्धुपाल्चोकको कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोमादेवी चेम्जोङलाई दिइएको छ ।

संखुवासभा गएका दुलाल यसअघि ललितपुरको नख्खु कारागारका जेलन थिए । हाल उनको ठाएँमा वेदप्रसाद अर्याललाई पठाइएको छ । केही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here