४३ औँ दीक्षान्त समारोहमा ८२६७ विद्यार्थी दीक्षित, त्रिभुवन विश्वविद्यालय

0
568

काठमाडौं- आज त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुले प्रमाणपत्र प्राप्त गरेका छन् । त्रिविबाट २०७३ जेठ १७ देखि २०७४ असार १६ गतेसम्म स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीलाई दीक्षित गरिएको हो। ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा भएको दीक्षान्त समारोहमा ८२६७ विद्यार्थीहरु दीक्षित भएका छन् ।

जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा डा एम जगदीश कुमार प्रमुख अतिथिको रुपमा आएका थिए। १२ बजे कार्यक्रम सुरु हुने भनिए पनि त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा साढे एक घण्टा ढिला आए ! उनीभन्दा केही छिन पछि दीक्षान्त समारोहका प्रमुख अतिथि जवाहरलाल नेहरु विश्वविद्यालय, भारतका उपकुलपति प्रा. एम.जगदेश कुमार पुगे । उनलाई स्वागत गर्न प्रधानमन्त्री देउवा, सह कुलपति एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, उप कुलपति तिर्थ खनिया, शिक्षाध्यक्ष, रजिष्टार लगायत उपस्थित भए ।

उनै जगदेशकुमारले दीक्षित विद्यार्थीलाई शुभकामना दिए । आफ्नो विश्वविद्यालयमा भर्ना हुन धेरै प्रतिष्पर्धा हुने गरेको उनले बताए । निवेदन दिएका २ प्रतिशत विद्यार्थी मात्रै भर्ना हुने गरेको बताउँदै उनले नेपाल र भारतको शिक्षा क्षेत्रमा राम्रो सम्बन्धन रहेको समेत उल्लेख गरे ।

समारोहमा विद्यावारिधितर्फ ६२ विद्यार्थीसहित कूल आठ हजार २६७ विद्यार्थी दीक्षित भएका हुन्। समारोहमा  विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने ३१ विद्यार्थी पुरस्कृत भएका थिए।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here