६ वटा कम्पनीको साढे ३ अर्ब बढीको साधारण शेयर स्वीकृत, राधीको भोलिबाट, अन्यको कहिले ?

0
444
काठमाडौं । हाल धितोपत्र बोर्डबाट स्वीकृत भएका तर सार्वजनिक शेयर वितरण गर्न बाँकी रहेका कम्पनीको संख्या ६ वटा रहेको छ । यीमध्ये ४ वटा कम्पनीले आईपीओ निष्काशन गर्दैछन् भने २ वटाले एफपीओ निष्काशन गर्दैछन् । राधी विद्युत्ले आईपीओ निष्काशनका लागि विवरण पत्र प्रकाशन गरी भोलिबाट आईपीओ वितरण गर्ने तयारी गरिसकेको छ भने अन्यले विवरणपत्र प्रस्तुत गरेका छैनन् ।
आईपीओ निष्काशन गर्न लागेकामध्ये पञ्चकन्या माई हाइड्रोले ११ लाख कित्ता शेयर रु. १०० दरमा बिक्री गर्न लागेको हो । सो शेयर आयोजना प्रभावित स्थानीयलाई प्रदान गर्न लागिएको हो । यस्तै, अर्को आईपीओ सान्जेन जलविद्युतको आउन लागेको हो । सो कम्पनीले ८७ लाख कित्ता आईपीओ कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा लगानीकर्ता अन्य कम्पनीका कर्मचारीका लागि वितरण गर्न लागेको हो ।
यस्तै, अर्को आईपीओ उन्नति माइक्रोफाइनान्सको आउन लागेको हो । सो कम्पनीको १ लाख ६५ हजार कित्ता आईपीओ रु. १०० दरमा आउन लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाई निष्काशन गर्न बाँकी रहेका एफपीओहरुमा २ वटा कम्पनीका एफपीओ रहेका छन् । यीमध्ये प्रिमियर इन्स्योरेन्सले रु. ७९९ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता शेयर बिक्री गर्न लागेको हो भने बुटवल पावर कम्पनीले रु. ५०१ दरमा ४० लाख ८१ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । यी कम्पनीहरुले छिट्टै विवरणपत्र प्रकाशन गरी शेयर निष्काशन गर्ने जनाएका छन् ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here