चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जोड्नैपर्ने

0
313

२८ मंसिर, काठमाडौं । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बागमती अञ्चलमा दर्ता भएका सबै चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

सबै सरकारी तथा संस्थानमा चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट डान गरिसक्नुपर्ने त्यसैगरी लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीले पनि चैतभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नु पर्ने भएको छ । १३ लटदेखि माथिका चारपांग्रे सवारीले आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here