अल्का बचत तथा ऋण सहकारी संस्थाको दसाै बार्षिक साधारण सभा सम्पन्न

0
306

सहकारीको भिडमा एक दशको छोटो समयमा नै आफनो बेग्लै पहिचान बनाउन सफल अल्का सहकारी संस्थाले स्थापनाको दशाै बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।

शनिबार राजधानीमा आयोजित दशाै बार्षिक साधारण सभामा बोल्दै कृषि विकास बैङ्का पूर्व वरिष्ठ अधिकृत दाेण प्रसाद आचार्यले सहकारीका कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । उनले सहकारीले सबै तहका नागरिकहरुको आर्थिक एवम् सामाजिक समृद्धिका लागि सहकारीको माध्यमबाट आम नागरिकको जीवनस्तरमा परिवर्तनगरी स्वाधीन अर्थतन्त्र निर्माणमा टेवा पुयाएको बताए । एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गदै सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिए ।

सहकारीका अध्यक्ष नारायण प्रसाद पाण्डे को अध्यक्षतामा तथा सचिब बिशाल मिश्र को सञ्चालन भएको साधारणसभामा अध्यक्ष सचिब र लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक वर्ष ०७३र ०७४मा संस्थाको तर्फबाट सम्पादित आर्थिक कारोवारको विवरण प्रस्तुत गरेका थिए ।

साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष पाण्डेले आगामी वर्ष शेयर सदस्य वृद्धिका लागि विशेष कार्यक्रम ल्याउँने तयारी रहेको बताउदैै अन्य कार्यक्रम ल्याउने बताए । यस्तै संस्थाका प्रवन्ध निर्देशक बिशाल मिश्रले सबैको साथ सहयोगबाट सहकारीले दश बर्षमा अन्य सहकारी भन्दा आफूहरूले शेहर सदस्यहरुलाई वर्ष वर्षमा नयाँनयाँ योजनाहरु ल्याएको बताउदै उनले स्थापना कालदेखि देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि बिशेष कार्यक्रम संञ्चालन गदै आएको र आउने दिनमा नयाँनयाँ उत्कृष्ट योजना ल्याउने बताए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here