Wednesday, December 8, 2021

‘तस्बिरमा नेपाल’ सार्वजनिक

नेपाल प्रज्ञा–प्रतिष्ठानले सिङ्गो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको छ। पछिल्लो समयमा ऐतिहासिक...

‘नग्नता’ विपुल सिजापतिको कथा

आर्ट ग्यालरीमा घुम्दाघुम्दै राजा साहेबको नजर एक नग्न नवयुवतीको आकर्षक पेन्टिङ्गमा पर्यो । पेन्टिङ्गमा नवयुवती निर्वस्त्र झरनामा पानीसँग खेल्दै गरेको देखाइएको थियो । पेन्टिङ्ग...

उपन्यास “गौतम बुद्धको शहर” बजारमा

काठमाडाैँ । उपन्यास विश्वमै सबैभन्दा बढी मन पराइने साहित्यक विधा हो । नेपालमा पनि उपन्यास नै बढी पढने गरेको पाइन्छ । यो विद्या साहित्यका अन्य...

राष्ट्रिय कविता महोत्सव २०७४ का विजयी कविहरू पुरस्कृत

नेपाल प्रज्ञा–प्रतिष्ठानले मंगलबार पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न नियमीत पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव–२०७४ का विजयी कविहरूलाई पुरस्कृत गरेको छ। पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा...

मन परेको साथी

तिमीसितको त्यो पहिलो भेट भएको दिन, मलाई अहिले पनि याद छ । त्यो दिन हाम्रो जाँच रै'छ । म सम्पूर्ण जाँच सिद्याएर कापी बुझाउनेतरखरमा थिएँ । जाँच सकेर उक्त तरखरमा लाग्ने बेलामा मैले अलिक ठूलै आवाजमा बोलेको रै'छु, "सकियो ।" तिमी त्यसबेला पूर्ण अपरिचितथियौ मेरा लागि । नजिकै कसैको उपस्थिति भएको मलाई थाहै रै'नछ । तिमीले मतिर हेरेर मुसुक्क हाँस्यौ र नचिनेकै भए पनि सोधेकी थियौ, "सकियो ?" मैले टाउको हल्लाएँ । तिमीले त मैलेभन्दा अगाडि नै सकेकी रै'छौ, जाँच सकेको मान्छेको अगाडि आएर त्यसरी मैले 'सकियो'भनेर फुर्ती नगरेको भए पनि त हुन्थ्यो । तर, त्यहाँ तिम्रा अगाडि लज्जित हुनुशिवाय मेरा लागि अरु कुनै विकल्प थिएन । तिमीले पनि हाँस्दै मलाई सोधेकी थियौ, "अनि जाँच कस्तो भो त ?" मैले यत्ति मात्र भनें, "राम्रो भो ।" तर, कस्तो हुस्सु रै'छु म- 'तिम्रो कस्तो भो ?' भनेर चैं सोधिनछु । त्यसपछि त के थियो र ! तिमी बारम्बार भेट्टिरह्यौ कलेजभरि । चिनेपछि र वास्ता भएपछि दुबैको उपस्थितिले एक—अर्कालाई सहजतापूर्वकभेट गराउँदोरै'छ । नचिन्दा पो कसैको वास्ता हुँदोरै'नछ । तिमी बोलिराख्ने स्वभावकी, हाँसिरहनुपर्ने तिमीलाई, साथी पनि धेरै बनाएकीथियौ । म चुपचाप एकान्तमा बस्न रुचाउने बानी भएको, कम हाँस्ने र धेरै कम साथी भएको मान्छे । हाम्रो मित्रता सम्भव थिएन कमसेकममेरो तर्फबाट चैं, तर तिमीले कति चाँडै, कत्ति सहजै मलाई साथी बनाइहाल्यौ । त्यसबेला भर्खर-भर्खर हाम्रो परिचय भएको बेला, म जहाँ एक्लै बसेको भए पनि तिमी मलाई देख्दा मेरो छेवैमा आउँथ्यौ र मसित गफ गर्थ्यौ। म पटक्कै बोल्नै नजान्ने मान्छे, तिमीसित कस्तरी गफिन्थेँ, त्यस किसिमको ऊर्जा, म कसम खाएर भन्छु, त्यसअघि मभित्र कहिल्यैपलाएको थिएन । स्त्रीहरुसित दुई मिनेट कुरा गरेपछि मलाई कुरै सिद्धिएझैं लाग्थ्यो र त्यो शून्यताको अवस्थामा म त्यस स्त्रीसित छुट्टिएरआफ्नै बाटो तताउन मजबूर हुन्थेँ । तर, तिमीसित बित्ने क्षणहरुमा कहिल्यै पनि त्यस अवस्थाको सिर्जना भएन, म चकित छु । त्यो अर्को दिनको कुरा भन्छु । त्यो दिन हामी सबैजना ल्याबमा थियौं । ल्याब अस्तव्यस्त थियो, जहाँ काम कम र ओहोरदोहोर ज्यादाभइरहेको थियो । म अरु दुईजना केटाहरुको गफ सुनेर बसिरहेको थिएँ । तिमी पनि मैतिर आएर त्यस गफमा सहभागी भयौ र एकछिनपछियौटा चिठ्ठाको प्याड झिकेर कुनै यौटा च्यारिटीमा सहयोग गर्न आग्रह गर्‍यौ । मैले 'कति दिनु पर्ने ?' भन्दा तिमीले ‘जति दिए पनि हुन्छ’भनेकी थियौ । त्यसपछि मैले तिमीलाई रु. १० को नोट झिकेर दिएको थिएँ । तिमीले रिसिप्टमा मेरो नाम, थर अनि टेलिफोन नम्बर लेखेकीथियौ । तर, मलाई अनुमान थिएन– तिमीले त्यै रिसिप्टमा भरिएको टेलिफोन नम्बरका आधारमा मलाई फोन गर्छ्यौ भनेर । फोनमा कुरा गर्दा तिमीले मलाई कति लामो समयसम्म सस्पेन्समा राखेकी थियौ । मेरो हरेक ‘को हो ?’ भन्ने प्रश्नमा तिमी उसैगरीहरेकपल्ट ‘गेस गर न’ भन्थ्यौ । म पनि पैलोपल्ट तिम्रो आवाज फोनमा सुनिरहेको थिएँ- के थाहा पाउन सक्थेँ र को हो भनेर । बल्लतल्ल तिमीले आफ्नो परिचय दियौ । मैले सोध्न पुगेछु, "किन फोन गरेकी ?" तिमीले बिस्तारै भनेकी थियौ, "रिसिप्टमा फर्जी नम्बर दियौ कि भनेर चेक गरेकी ।" त्यसपछि तिमीले पनि त्यस दिन आफ्नो नम्बर मलाई टिपायौ र हामीबीच टेलिफोनमा कुराकानी हुन थाल्यो । वास्तवमा म ढाँट्दिनँ, मलाईतिमीसित फोनमा कुरा गर्दाको अवस्था, अझै पनि ती वार्तालाप सम्झेर एकान्तमा मुस्कुराइरहेको हुन्छु । कलेजमा पनि हामी प्रायः साथसाथै हुन्थ्यौं । तिम्रो रूपको चर्चा मेरा केटा साथीहरुबीच चल्ने गर्थ्यो । तिमीलाई सबैले राम्री भन्थे । विशेषगरीतिम्रो हाँसिरहने स्वभावको प्रशंसा धेरैले गर्थे । म उनीहरुको ‘हो’ मा ‘हो’ मिलाउँथें । तिमी राम्री नै थियौ मलाई यस्तै लाग्थ्यो । हामी रुखमुनिको सानो चौतारीजस्तोमा बसेर कैंयौं बेरसमम गफ गर्थ्यौं । तिमीलाई बातैपिच्छे हाँसिरहनुपर्ने, त्यो पनि ठुल्ठूलो आवाजकासाथ । म त्यो बेला भने निकै लजाउँथें किनकि वरपरका मान्छेहरुले पनि तिमी त्यस्तरी हाँसेको देखेर हामीतिरै ध्यान दिएर हेरिरहेका हुन्थे ।मैले एक-दुईपटक तिमीलाई भनेको पनि थिएँ कि तिम्रो त्यस किसिमको हँसाइ अलिक भद्दा र लाजमर्दो भयो भनेर तर तिमीले मलाई पटक्कैटेरिनौ । तिमीलाई फुक्का भएर उड्न मन पर्थ्यो, यौटा स्वच्छन्द र निष्फिक्री चरीझैं भएर, म यै धरतीमा अनेक विवशताहरुबाट जेलिएको ! कठै तिम्रो उडानमा के साथ दिन सक्थें र ! तर पनि हामी उसैगरी बाँधिइरह्यौं, मित्रताको डोरीले, जति सम्भव थियो- त्यै कसाइ लिएर । अनि हाम्रो भेट कलेज बाहिर...

शुक्रबार

‘सर पाँच मिनेट जाम ?’ ‘मेरो देश नेपाल जैविक विविधताको खानी हो........ ’ मुख आँ गर्दै गणेश सरले लालेलाई पुर्लक्क हेर्छन । आज शुक्रबार, कक्षा ३...

झोलामा बोकेको लाटो पहाड : कथा

‘सल्लीपीर पढ्नु भो ?’ मैले पुर्लुक्क उसको अनुहार हेरे । ऊ बासि पत्रिका हेर्दैथियो । सायद पत्रिकामा उसलाई चाख लाग्ने विषयवस्तु थिए होलान , त्यसैले...