भेटाएको पर्स १२ घण्टामै सम्बन्धितलाई फिर्ता

दिपक बास्तोलालाई धेरै धेरै धन्यबाद : साजन कुथु

0
433

हिजो साँझ दिपक बास्तोलाले नगरकोट जाने बाटो (बास्ताेला गाऊ नजिकको रोड)मा एउटा पर्स फेला पारे । आज पर्स सम्बन्धित व्यक्ती साजन कुथुलाई फिर्ता गराए । बास्तोलाले कुथुलाई चिनेका पनि थिएनन् तर पनि भेटाएको १२ घण्टा नबित्दै पर्स कुथुलाई जिम्मा लागए ।

फेसबुकको सहयोग
बास्तोलाले भेटाएको पर्सको बारेमा तुरुन्त आफ्नो फेसबुकमा जानकारी गराए । पर्समा साजन कुथु नाम भएको नेपाली ड्राइभिङ्ग लाईसेन्स, अस्ट्रेलियाको ड्राईभिङ्ग लाईसेन्स, केहि नगद, डलर, क्रेडिट काड आदी सामानहरु थिए । उनले कसैले साजन कुथुलाई चिन्नु भएमा खबर गर्न र पोष्टलाई सेयर गर्न पनि अनुरोध गरेका थिए । नभन्दै बास्तोलाको पोष्ट धेरै भन्दा धेरै सेयर भयो र कुथुले पर्स पाउन सफल भयो । फेसबुकको सेयरले समाचार फैलदा कुथुले आज पर्स सुरक्षित साथ पाउन सक्नु भएको हो ।

धन्यबाद र शुभकामना साटासाट
दिपक बास्तोला र साजन कुथु दुबैले सम्पुर्ण साथीभाईहरूलाई धेरै धेरै धन्यबाद दिएका छन् । सबैले पोष्ट सेयर गरेर ठुलो सहयोग गर्नु भएकोले दुबैले धन्यबाद दिए । साथै अंग्रेजी नयाँ बर्ष २०१८ काे शुभकामना पनि व्यक्त गरेका छन् ।

दिपक बास्तोला

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here