एमालेका अध्यक्ष ओली आज बैंकक प्रस्थान गर्दै

0
356

काठमाडौं, २६ पुस । एमालेका अध्यक्ष केपी ओली नियमित उपचारका लागि आज बैंकक प्रस्थान गर्दै छन् ।

अध्यक्ष ओली आज मध्यान्ह साढे १२ बैंककतर्फ प्रस्थान गर्ने एमालेले जनाएको छ । ओलीले बैंककमा मृगौलाको नियमित उपचार गराउँदै आएका छन् । झण्डै एकसाताको उपचारपछि स्वदेश फिर्ता हुने बताइएको छ ।

पार्टी एकीकरण र नयाँ सरकार गठनका लागि गृहकार्यमा रहेका ओलीले मंगलबार माओवादी केन्द्रका नेताहरूसँग परामर्श समेत गरेका थिए । बैंककबाट ओली आएपछि पार्टी एकीकरण र सरकार गठनका विषय पुनः अगाडि बढाइनेछ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here