प्राकृतिक सुन्दरताको अनुपम स्थल म्याग्दी, जहाँ हिमाल मुस्कुराउँछन्, झरना छङ्छङाउँछन्

3
25363

प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने राउण्ड अन्नपूर्ण र धौलागिरि क्षेत्रमा समेटिएको, विश्वप्रशिद्ध घोडेपानी, पुनहिल र रुप्से झरनाले मोहनी लगाउने म्याग्दी जिल्ला घुम्ने अनुकुल मौसम शुरु भएको छ ।

कुनै षोडसी युवतीले ओडेको सेतो पछ्यौरी हावाले उढाउन लाग्दा सम्हालेको जस्तो दृश्य देखिने रुप्से झरना, पूर्णतः खुलेको आकाश, उत्तरतर्फ मुसुक्क मुस्कुराए जस्ता देखिने हिमश्रृङखला, घोडेपानीको निलिमा,पुनहिलबाट देखिने सौन्दर्य र न्यानो आतिथ्यताले आगन्तुकहरुलाई पर्खिरहेको बताउँछन्  म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्य। ‘म्याग्दी घुम्न यो नै सबैभन्दा उपयुक्त मौसम हो,’ शाक्यले भने, ‘यो मौसममा जो पनि जिल्ला घुम्न आउँछन् । हरेक वर्ष दोहोरिएर नआई मनले मान्दै मान्दैन।’

२ लाख २९ हजार ७ सय ६ वर्ग कि.मिमा समेटिएको र २०६८ सालको जनगणना अनुसार १ लाख १३ हजार ६ सय ४१ जनसंख्या रहेको म्याग्दीका धेरै स्थान घुम्नलायक छन् । यसमध्ये सदरमुकाम बेनीबजार रहेको स्थान, घोडेपानी, पुनहिल, रूप्से झरना, रिखार क्षेत्र, गलेश्वरधाम र सिंगा तातोपानीमा रहेको प्राकृतिक तातोपानी कुण्ड जीवनमा एकपटक पुग्नैपर्न ठाउँमध्येका स्थानहरु हुन् ।

समुद्री सतहदेखि धौलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नेपालका पहाडी जिल्लाहरूमा रहेको सदरमुकामहरूमध्ये प्रकृतीको सुन्दर उपमा मानिन्छ। ऐतिहासिक,व्यापारिक र प्राकृतिक सौन्दर्यताका दृष्टिकोणले बेनीबजार नेपालकै अद्धितीय बजार हो भन्दा कुनै अत्युक्ति नहुने स्थानीय बूढापाकाहरु बताउँछन्।

धौलागिरि र गुर्जा हिमाल यसै जिल्लामा पर्छन्। मालिकाको धुरी, रिखार धुरी र घोरेपानीको धुरीले गगन चुम्न लागेजस्तो दृश्य देखिने यस जिल्लामा ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सवैभन्दा गहिरो गल्छी ‘अन्धगल्छी’ ले विश्व मानचित्रमा म्याग्दीको पहिचानलाई उजागर गरेको छ।

सदरमुकाम बेनीबजारदेखि करिब डेढ घण्टाको दुरीमा रहेको गुफाको डिलबाट एकदर्जन भन्दा बढी हिमश्रृङ्खला सम्पूर्ण म्याग्दी जिल्लाका ग्रामिणवस्तीका साथै छिमेकी जिल्ला,बागलुङ र पर्वतका प्रशस्त भूभागहरु देख्न सकिने स्थानीय शिव बानियाँले बताए।

कसरी पुग्ने?

नेपालका विभिन्न स्थानबाट पनि म्याग्दी आउन खासै गाह्रो छैन । २ सय ८५ किलोमिटरको दुरीमा रहेको काठमाडौंबाट दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रत्येक घन्टा सुविधायुक्त रात्रिबस सेवा उपलब्ध छ । त्यसका साथै पोखरा,नारायणघाट,बुटवल,भैरहवा,सुनौली लगायतका सहरहरुबाट पनि म्याग्दीको सदरमुकामसम्म आउन दैनिक दिवा र रात्रि बसको व्यवस्था गरिएको यातायात व्यवसायीहरुको भनाइ रहेको छ ।

गासबास

सदरमुकाम बेनीबजार पुगेपछि यहाँ बस्न खान स्तरीय होटेल र बासको व्यवस्था छ । सस्तो, सुलभ र आरामदायी रूपमा आगन्तुकका लागि सेवा दिन आफूहरू तम्तयार रहेको जिल्ला होटेल व्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपाल पौडेलले बताए। म्याग्दीमा ५५ वटास्तरीय र पर्यटकलक्षित सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

म्याग्दीका घुम्नैपर्ने ठाउँहरू

म्याग्दी जिल्ला प्राकृतिक सौन्दर्यताको अनुपम उपहार प्राप्त गर्न सफल जिल्ला हो । परम्परागत रुपमा ‘लाहुरेको जिल्ला’ को परिचय बनाएको म्याग्दीले हिजोआज आफ्नो परिचय र पहिचानलाई बदलेको स्थानीय युवा एवम् नेपाल जेसिजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले बताए। ‘हिजोआज म्याग्दी पर्यटकहरुको जिल्ला, प्राकृतिक सौन्दर्यताको जिल्ला भनेर चिनिन थालेको छ’, उनले भने।

अन्नपूर्ण गाउँपालिकाको घारमा पर्ने र समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी र ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिल विश्वचर्चित यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्। राउण्ड अन्नपूर्ण अन्र्तगतको आकर्षक गन्तव्य स्थल मानिएको घोडेपानी र पुनहिलमा बाह्रै महिना विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गर्छ।

मनकारी गाउँले, प्राकृतिक सुन्दरता, स्वच्छ वातावरण टोड्केको विशेषता

लालीगुराँसको विशाल जंगल, उकालो पदमार्ग, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, आँखै अगाडि पंक्तिवद्ध भएर उभिएजस्ता सेता र सुभ्र हिमश्रृङ्खला, आर्ग्यानिक खानाका परिकार, व्यवस्थित र सुविधायुक्त बसाइँ, स्वच्छ हावापानी, भौगोलिक विविधताको दृश्यावलोकन यहाँका प्रमुख आकर्षणहरु हुन्।

पछिल्लो समय घोडेपानी र पुनहिलमा आन्तरिक पर्यटकहरुको समेत घुइँचो लाग्न थालेको छ । घोडेपानी सदरमुकाम बेनी बजारदेखि १८ कोषको दुरीमा पर्दछ ।

त्यसैगरी समुद्री सतहदेखि ९ हजार मिटरको उचाइमा रहेको देशैभरी प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिंगा तातोपानी, १३ हजार मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिकामा पर्ने भूरूङ तातोपानी, मालिका गाउँपालिकाको देविस्थानमा पर्ने मालिकाको धुरी, टोड्केको धुरी, अन्नपूर्ण गाउँपालिका दानामा रहेको अन्धगल्छी, रूप्से झरना, धवलागिरि गाउँपालिकामा पर्ने ढोरपाटन आरक्ष, धबलागिरि गाउँपालिकाको मुदीमा पर्ने धौलागिरि वेस क्याम्प, अन्नपूर्ण गाउँपालिको हिस्तानमा पर्ने पेरी भरानी ताल, राम्चेको बराह ताल, बेनी नगरपालिकाको ज्यामरुककोटमा पर्ने लभ्लीहिल यहाँका प्रमुख पर्यटकीय स्थलहरु हुन्।

मुसुक्क मुस्कुराउँछन् जिल्लाका ११ वटा हिमाल

म्याग्दी जिल्ला भित्र मात्रै  विभिन्न ११ वटा हिमाल छन् । ८ हजार १ सय ६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि ६ हजार ३ सय ८० मिटर उचाइको मानापाथी लगाएतका  ११ वटा हिमालले म्याग्दीको सौन्दर्यमा ‘चार चाँद’लगाइदिएका छन्।

६ वटै स्थानीय तहका ४५ वटै वडाबाट बिहान उठेने वित्तिकै हिमाल देख्न पाइन्छ। यहाँ धौलागिरि दोस्रो (७६९२), धौलागिरि तेस्रो (७५३५), धौलागिरि चौंथो (७६६१), धौलागिरि पाँचौ (७६१८), धौलागिरि छैठौं (७२८८), चुरेन हिमाल ( ७३८५),निलगिरि हिमाल, अन्नपूर्ण हिमाल (८०८१), मानापाथी हिमाल, र गुर्जा हिमाल (७१९३) छन्।

जिल्लाका गौरबः धार्मिक तथा ऐतिहाँसिक स्थल

म्याग्दी जिल्लाको गरिमा र महत्वलाई बढाउन यहाँ रहेका धार्मिक र ऐतिहासिक स्थलहरुको महत्वपूर्ण भूमिका रहेको छ । म्याग्दी जिल्ला धार्मिक पर्यटकहरुका लागि समेत आकर्षक गन्तव्य स्थल बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए।

मुक्तिनाथ प्रबेशद्धारको रुपमा रहेको म्याग्दी सदरमुकाम बेनी बजारको नजिकै ३ किमी दुरीमा पर्ने गलेश्वर धाम नेपालकै दोस्रो पशुपतिनाथका नामले परिचित छ।

त्यसैगरी ऐतिहाँसिक पुलस्त्य आश्रम, रिखार, बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बरको रुख, महारानीथान ,बौद्धगुम्बा, मालिकाथान, जगन्नाथ मन्दिर, ढोलठान, भगवति मन्दिर, ताकमकोट, ज्यामरुककोट, खोप्राको खरीबराह ताल, पुन मगरहरुको करवाकेली मन्दिर यहाँका प्रमुख धार्मिक एवम् ऐतिहासिक स्थलहरु हुन्।

समृद्धिका आधारः पर्यटन, जलविद्युत र खनिज

म्याग्दी जिल्लालाई प्रकृतिले यति धेरै सम्पदाहरु प्रदान गरेको छ कि त्यसको उपयोग मात्र गर्न सक्ने हो भने जिल्लाको समृद्धिका लागि प्रदेश वा संघीय सरकार र दातृ निकायको मुख ताक्नुपर्ने कुनै आवश्यकता छैन।

यहाँको जल, जमिन, जंगल र जनताको सहिरुपमा प्रयोग र परिचालन गर्न सक्ने हो भने म्याग्दीलाई देशकै ‘आत्मनिर्भर जिल्ला’ बनाउन सकिने इतिहाँसकार एवम् म्याग्दीको भूगोलका जानकार कर्ण बानियाँले बताए।

म्याग्दीमा रहेका पर्यटकीय स्थलहरुलाई व्यवस्थित र समयानुकुल गराउँदै पूर्वाधारहरु विस्तार गर्न सक्ने हो भने यहाँ वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने संभावना रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् स्थानीय व्यवसायी/समाजसेवी प्रमोद श्रेष्ठले बताए।

त्यसैगरी जलविद्युतको क्षेत्रमा म्याग्दी प्रशस्त सम्भावना भएको जिल्ला हो। यहाँका खोला तथा नदीहरुबाट १ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको विज्ञहरुले बताएका छन्। हाल अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङ गाउँमा मात्रै साना र ठूलागरी  १ सय ५७ मेगावाटका ५ वटा जलविद्युत आयोजनाहरु सञ्चालन भैरहेका छन्।

त्यसैगरी खनिज स्रोतहरुमा पनि म्याग्दी धनी जिल्ला हो। यहाँ तामा, शिलाजित, अग्राख, छाउने ढुङ्गा, खरीढुङ्गा र कालिगण्डकीको किनारमा सुन जस्ता खनिजहरु पाइन्छन्।

पर्यटन प्रवद्र्धन र सम्भावनाको उजागरका लागि छैठौं म्याग्दी महोत्सव

‘उद्योग,व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने नाराका साथ यही पुस २८ देखि माघ ७ गतेसम्म म्याग्दीको सदरमुकाम बेनी बजारमा ‘छैठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् ४ नं प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक व्यापार मेला २०७४’ आयोजना गरिएको छ ।

म्याग्दी महोत्सवमार्फत जिल्लाको पहिचानलाई व्यापक बनाउने र थप सम्भावनाहरुको खोजी सहित साविकका सम्भावनाहरुको सदुपयोग गरी जिल्लालाई समृद्धितर्फ अघि बढाउने उद्धेश्यले आयोजना गरिएको म्याग्दी महोत्सवमा म्याग्दी भ्रमणमा आउन आयोजक म्याग्दी उद्योग वाणिज्य संघले सबैलाई निमन्त्रणा गरेको छ।

म्याग्दीका जनता आगन्तुकहरुको स्वागतका लागि तम्तयार रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर

किरेमिरे जाले रुमाल…..’

सेतोपाटीबाट

Facebook Comments

comments

3 प्रतिक्रिया

  1. Today, I went to the beachfront with my kids.
    I found a sea shell and gave it to my 4 year old
    daughter and said “You can hear the ocean if you put this to your ear.” She
    put the shell to her ear and screamed. There was a hermit crab
    inside and it pinched her ear. She never wants to go back!
    LoL I know this is completely off topic but I had
    to tell someone!

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here