रुपन्देहीको देबदहमा व्यवसायीको गोली हानी हत्या

0
271

रुपन्देहीको देबदह ढेकारमा एक व्यवसायीको गोली हानी हत्या भएको छ। काठ ब्यवसायी बसन्त पौडेलको उनको मिलमा गएर मोटसाइकलमा आएका २ जनाले गोली हानेका हुन् ।

काठ मिलमा बसिरहेका बेला मोटरसाइकलमा आएको युवाहरुले गोली हानेर भागेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएको छ। गोली लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि रुपन्देहीमा सुरक्षा सर्तकता बढाइएको छ। चोक चोकमा चेक जाँच बढाइएको छ। गोली हान्न मिल पुगेकाहरुले आफूहरु मनोज पुन समूहको भएको बताएका थिए।

मनोज पुन समूहले यसअघि सोही जिल्लामा युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए। घटनाको विरोधमा अहिले बुटवल बजार बन्द छ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here