नेप्सेमा सुधार आएपनि कारोबारमा गिरावट

0
288

यो साताको पहिलो दिन आइतबारको सेयरबजारमा सामान्य सुधार आएको छ । कारोबारमा आएका अधिकांस समूहको समूहगत उपसूचक सकारात्मक रहेपछि बजार करिब आठ अंकले बढेको छ । नेप्से बढेपनि यसदिन कारोबार रकममा भने गिरावट आएको छ ।

आइतबार नेप्से ७.९७ अंकले बढेर १ हजार ४ सय ३१.८० अंकको बिन्दूमा पुगेर बन्द भएको छ ।

यसदिन १५७ कम्पनीको ३६ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको हो । कारोबार रकम अघिल्लो कारोबारको तुलनामा १७ करोड कम हो । गत विहिबार ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यसदिन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५ करोड २७ लाखको सेयर किनबेच भयो । करिब आठ अंकले नेप्से बढ्दा समग्र बजार पूँजीकरण १२ अर्बले बढेर १६ खर्ब ७२ अर्ब कायम भएको छ ।

यसदिन वित्त र अन्य समूहका बाहेक सबै समूहका सूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक १६५ अंकले बढेको छ ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here