जहाज धावन मार्गबाट चिप्लिएर समुद्र नजिक पुगेपछि

0
288

टर्की । १६८ यात्रु बोकेको एउटा जहाज धावन मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। टर्कीस्थित पेगासुस एयरलाइन्सको एउटा जहाज धावन मार्गबाट चिप्लिएर ब्ल्याक सि नजिकै पुगेको हो ।

टर्कीको अंकराबाट उडेको पेगासुस एयरलाइन्सको बोइङ ७३७-८०० जहाज ट्राब्जोन एयरपोर्टमा अवतरणका क्रममा शनिबार राति धावन मार्गबाट चिप्लिएर समुद्र नजिकै पुगेको हो ।

धावनमार्गबाट चिप्लिएको जहाज भिरालो जग्गा गएर अड्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाज ब्ल्याक सागरमा खस्न केही मिटरको दुरीले जोगिएको हो ।

जहाज ब्ल्याक सागरको भिरालो किनारमा अड्किएको जहाज दुर्घटनाका क्रममा कयौँ यात्रु घाइते भएका थिए । दुर्घटनापछि प्रान्तीय गभर्नर युसेल याभ्युजले छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । उनले दुर्घटनापछि केही घन्टासम्म एयरपोर्ट पनि बन्द गरिएको जानकारी दिए ।

Facebook Comments

comments

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here